यस बर्षको चाडपर्वमा सिजीका सामानहरु किन्दा थाइल्याण्ड जाने अफर

Advertisement

काठमाडौं । यस बर्षको चाडपर्वलाई लक्षित गरि नेपालको लोकप्रिय ब्राण्डका खरिदमा थाइल्याण्ड जाने विशेष अफर सार्वजनिक गरेको छ ।

‘सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक यो योजना ग्राहकमाझ लोकप्रिय हुने उक्त ब्राण्डको विश्वास छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डको प्रत्येक होम एप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योरसट उपहारहरु प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महाक्यासब्याक पाउन सकिने, ‘लक्की ड्र’मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने अवसर मिल्नेछ । सिजीको सामान खरिद गरि CGNameModelNoSerialNoAddress  टाइप गरि ३४३४३ मा एसएमएसमार्फत पठाएर बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भदौ २० गतेदेखि सीमित अवधिको लागि देशभर लागू हुने उक्त ब्राण्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement