तीन दिनदेखि घट्दै आएको सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबारदेखि लगातार घट्दै आएको सुनको मूल्य आज साताको दोस्रो दिन सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७१ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७१ हजार सात सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार चार सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार २१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement