मुक्तिनाथ विकास बैंकको कालिकोटको सांस्कृतिक संरक्षण केन्द्रलाई छात्रवृत्ति सहयोग

Advertisement

कठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गन आर्थिक सहयोग गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्व पीडित, दलित, महिला र आदिवाशीलाई एसईई भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाख रुपियाँ वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राजशाहीलाई हस्तान्तरण गरेका हुन् ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement