सेयर बजारमा आज पनि उच्च गिरावट, किनबेच पनि बढ्न सकेन

Advertisement

काठमाडौं । आइतबार २० अंकले घटेको सेयर बजार परिसुचक नेप्से सोमबार पनि झण्डै दोहोरो अंकले गिरावट भएको छ । आज नौ दशमलव ५४ अंकले नेप्से घटेर एक हजार १६८ कायम भएको छ भने कारोबार पनि २९ करोड ९२ लाख रुपियाँमा सीमित भएको छ ।

उत्पादनमूलकबाहेक बाँकी सबै समूहमा गिरावट भएको छ । बाणिज्य बैंक समूह सुचक शुन्य दशमलव ६३ प्रतिशतले घटेको छ भने होटल समूहको सुचक दुई दशमलव २९ प्रतिशतले घटेको छ । व्यापार, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

आज सिभिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै चार करोडको खरिद बिक्री भएको छ । त्यसपछि धेरै कारोबार गर्ने कुमारी बैंकको एक करोड १९ लाख रुपियाँ छ । आज अनुपातका हिसावमा नाफा धेरै गर्नेमा आँधिखोला जलविद्युत आयोजनाका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement