आईएमई लाइफको एजेन्सी मेनेजर सम्मान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा बिहिबार काठमाडौंको चन्द्रागिरिस्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा सम्पन्न गरेको हो ।

उक्त सम्मान कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका एजेन्सी मेनेजरलाई सम्मान गरिएको छ । कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्द ैअध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिँदै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उद्रित गर्दै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।

त्यसैगरी, कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनीकुमार ठाकुरले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिए । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई यस कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

सो अवसरमा सम्पूर्ण अभिकर्ताहरुलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि आयोजना गरीएको थियो । कार्यक्रमले बिभिन्न घोषणाहरु पारित समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement