एकता र समर्पण नै विकासको आधार हो: प्रधानमन्त्री पोखरेल

Advertisement

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा उनले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिए ।

विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहरको विनाश हुने गरी काम नगर्न पनि आग्रह गरे ।

पुर्खाहरुले बनाएको कुनै पनि चीज कम्युनिष्टहरुले विनाश नगर्ने जानकारी दिँदै उनले भने कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहीँकतै सुन्ने गरिएको छ तर कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्म जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ ।

उपप्रधानमन्त्री पोखरेलले सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विकास अभियानले भक्तपुरको विकासले एक–दुई वर्षभित्रमा कायापलट गर्ने लक्षण देखापरेको उल्लेख गरे ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको विकासको कदमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement