हुवावेले आफ्नै हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गरेर ल्याउने भयो स्मार्टफोन

Advertisement

काठमाडौं । हुवावेले आफ्नै हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गरेर पहिलो स्मार्टफोन बजारमा ल्याउने भएको छ । हुवावेले जमर्नको बर्लिनमा आयोजन भइरहेको आइएफए २०१९ कार्यक्रममा उक्त घोषणा गरेको हो ।

हुवावेले अहिलेसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरेर फोनहरु बिक्री गरिरहेको छ । अमेरिकासँग चीनको व्यापार तनाव बढेसँगै गुगलको स्वामित्व रहेको एन्ड्रोइड अपरेटिङ सिस्टममा पनि समस्या खडा गरिएको छ । यसपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम विकास गरेको हो ।

कम्पनीले बजारमा ल्याउन लागेको पी ४० सिरिजको स्मार्टफोनमै हार्मोनी अपरेटिङ सिस्टम प्रयोग हुन सक्ने सम्भावना रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । ‘यदि हाम्रा फोनहरुमा गुगलले निरन्तर सेवा ब्लक गरिरहने हो भने हामी आफ्नै आपरेटिङ सिस्टम प्रयोगमा ल्याउछौं। हुवावेका एक उच्च अधिकारीले यसअघि नै बताएका थिए ।

हुवावे पी४० सिरिज आगामी मार्च महिनामा लञ्च हुन सक्ने बताएको छ । त्यही बेला नयाँ अपरेटिङमा आउने प्रबल सम्भावना छ । किन भने हुवावेले नयाँ हार्मोनी सिस्टम विकास गरिसकेको छ । यद्दपि, हार्मोनी अपरेटिङ (होङमेङ) सिस्टम हुवावेको लागि पहिलो विकल्प भने होइन । एनोरोइड ओपरेटिङ सिस्टम प्रयोग भएको फोन चलाउनेको सख्या धेरै भएकाले हुवावेको पहिलो विकल्प अझै पनि एन्ड्रोइडसँग सहकार्य हुन नै सक्छ ।

हुवावेले सहकार्यको बाटो पनि खोजिरहेको छ । जमर्नको बर्लिनमा सेप्टेम्बर ६ देखि ११ तारेखसम्म प्रविधि मेला सञ्चालन भइरहेको छ । मेलामा विश्व प्रख्यात कम्पनीहरुको सहभागित रहेको छ ।

Advertisement

Advertisement

Advertisement