मनाङमा सुविधासम्पन्न अस्पताल निर्माणसहित चीनसँग विभिन्न विषयमा द्धिपक्षीय समझदारी

Advertisement

काठमाडौं । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा तीन बुँदे सहमति भएको छ । सोमबार सम्पन्न वार्तामा विपद व्यवस्थापन, भाषा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन बुँदे सहमति भएको हो ।

परराष्ट्र सचिव शंकरदास वैरागीका अनुसार मनाङमा करिब ३५ करोड रुपियाँ सहयोगमा चीनले सुविधासम्पनन अस्पताल निर्माण गरिदिने, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यी, विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्ष, विदेशमन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी सहभागी थिए भने नेपाली पक्षबाट उनका समकक्षी प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखरदास वैरागीलगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement