रेमिटान्सका ग्राहकहरुका लागि सिजी इलेक्ट्रोनिक्सका सामान किन्दा विशेष छुट

Advertisement

काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्रबाट पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सका सामानहरुको खरिदमा विशेष छुट प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

प्रभुले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमाआकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको हो ।

जसअनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने सिजी इलेक्ट्रोनिक्सको भनाई छ । यसअन्तर्गत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी इलेक्ट्रानिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाइफस्टायल शोरुमबाट टिभी, फ्रिज, वाशिङ मेशिन तथा अन्य घरायसी सामग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement