यातायात ब्यवसायीको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यातायात ब्यवसायी समितिहरुको रोकिएका खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै व्यवसायीहरुको रोक्का रहेको खाता फुकुवा गर्न निर्देशन दिएको हो ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आवद्ध व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो । मन्त्रिपरिषदबाट साउन १६ गते भएको निर्णय अनुसार साविकको यातायात व्यवसायी समितिको नाममा रहेको चलअचल सम्पत्ति (बैंक खातामा रहेको रकम) रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने प्रकृया पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारकै निर्देशन अनुसार प्रदेश १ को ३२ वटा, प्रदेश २ को १० वटा, प्रदेश ३ को ११८ वटा, प्रदेश ४ को २४ वटा, प्रदेश ५ को ४० वटा, प्रदेश ६ को १२ वटा र प्रदेश ७ को ९ वटा विभिन्न यातायात व्यवसायी संघ र समितिको नाममा रहेको खाता रोक्का गरेको थियो ।

Advertisement

Advertisement

Advertisement