सुनको मूल्य घट्यो, तोलामा सात सय कम

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७१ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सात सय रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८७० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement