डिजेल, पेट्रोल र मट्टितेलको मूल्य २/२ रुपैंयाले घट्यो

Advertisement

काठमाडौं । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटनको पूर्व सन्ध्यामा नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

मंगलबार दिउसोँ १२ बजेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर २।२ रुपैंयाले घटाईएको हो । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै कायम भएको छ । अब पेट्रोल प्रति लिटर १०७ रुपैंयाँ र डिजेल तथा मट्टितेलको बजार मूल्य ९५ रुपैंयाँ कायम भएको छ ।

२०७१ सालदेखि स्वचालित प्रणाली अनुसार मूल्य समायोजन आरम्भ भएपछि २५ पटक इन्धनको मूल्य घटाईएको छ भने १८ पटक वृद्धि गरिएको छ । १५।१५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले पाइपलाइनबाट इन्धन आपुर्ति आरम्भ भएपछि निगमले बिचमै मूल्य समायोजन गरेको हो ।

Advertisement

Advertisement

Advertisement