अर्थमन्त्री भन्छनः विश्व पुँजी बजारको नेतृत्व एसियाले गर्नुपर्छ

Advertisement

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व पुँजी बजारको नेतृत्व एसियाले गर्नुपर्ने बताएका छन् । धितोपत्रको तथ्यांक र क्लियरिङ सेवा प्रदान गर्ने एसिया प्यासिफिक क्षेत्रका देशहरुको संस्था एसिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी ग्रुपको २३ औं बार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अब एसियाली युगको आरम्भ हुनुपर्नेमा जोड दिएका हुन् ।

‘विश्व अर्थतन्त्रको नेतृत्व एसियालीहरुले गर्ने समय आईसकेको छ, अब विश्व पुँजी बजारको नेतृत्व पनि एसियाली क्षेत्रले गर्नुपर्छ, त्यसका लागि तपाईहरु तयार हुनुस्’, अर्थमन्त्री डा. खतिवडाले भने ।

उनले केहि समयभित्रै विश्व अर्थतन्त्रको केन्द्रबिन्दु एसिया बन्न लागेकाले पुँजी बजारको विकास र विस्तारलाई पनि केन्द्र भागमा राख्नु आवश्यक रहेको बताएका थिए । उनले बैंक तथा वित्तिय संस्थाहरुको अधिक हिस्सा रहेको सेयर बजारमा उत्पादन मुलक क्षेत्रको हिस्सा बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।

नेपालमा संस्थापक सुशासन, लगानीकर्ता मैत्री ऐन कानुन लगायतको अवस्थामा व्यापक सुधार भएकाले मनग्गै आम्दानी गर्न सकिने धारणा पनि राखेका थिए । ४ दिनसम्म चल्ने बैठकले केन्द्रिय निक्षेप प्रणाली तथा राफसाफको छरिटोपन र सुरक्षाका विषयमा व्यापक मात्रामा छलफल गर्नेछ ।

Advertisement

Advertisement

Advertisement