सिन्धु विकास बैंकको नयाँ शाखा चितवनको विकास चोकमा

Advertisement

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement