‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Advertisement

काठमाडौं । सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ आउने भएको छ । बैंकले एक अर्ब रुपियाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउन धित्तोपत्र बोर्डबाट मंगलबार अनुमति पाएको हो ।

कोष सुपरीवेक्षकहरुमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्रा पूर्ण मान शाक्य र सि.ए. सुधीर कुमार शर्मा रहेका छन् । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटल मार्फत अंकित मूल्य १० रुपियाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement