नेकपा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा तोडफोड

Advertisement

बर्दिबास । सत्तारुढ नेपाल कम्यिुनिस्ट पार्टी नेकपाको सिरहा र सप्तरी जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा तनाव भएको छ। मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिबास सेवा समितिको सभाहलमा एकतापछि बनेको नेकपा जिल्ला कमिटी सिरहा र सप्तरीको सपथग्रहण कार्यक्रम थियो।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ ।

प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकुया भने सभाभवनभित्रै बस्नुभएको छ । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकुयालले अराजक भीड बताएका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् । मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आपूmखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका बासिन्दा विजय कर्णले बताए।

असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

यता प्रदेश सचिव प्याकुयालले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पारे । तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनको भनाइ छ ।

अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकु¥यालले बताए । दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरिनेछ”, प्याकुयालले भने “जे निर्देशन हुन्छ, त्यहीँ गरिन्छ ।

Advertisement

Advertisement

Advertisement