प्रभु र एच पी स्टेटबीच सम्झौता, भारतको हिमाचलबाट पैसा पठाउने नेपालीला लाई सहज

Advertisement

काठमाडौं । प्रभु मनी ट्रान्सफरले भारतको हिमाचंल प्रदेशस्थित एच पी स्टेट को अपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ । हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले रकम पठाउन सजिलोका लागि एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौता पछि अब नेपालीले एच पी स्टेट कोअपरेटिभ बैंकको २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सजिलो भएको छ । भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा नेपालमा आठ हजार भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट प्राप्त गर्न सकिने समेत रेमिट्यान्सले जनाएको छ ।

भारतको एचपीबाट पठाएको पैसा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न समेत सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement