भक्तपुरमा दमकल र जनशक्ति अभावले जुद्ध वारुणयन्त्र समस्याग्रस्त

Advertisement

भक्तपुर । तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी भक्तपुरमा विसं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र ७६ वर्ष बूढो हुँदा सञ्चालनमा निकै कठिनाइ आएको छ ।

जुद्ध बारुणयन्त्र जति बूढो भयो सञ्चालनमा रहेको दमकल पनि त्यति नै बूढो भएकाले सञ्चालनमा निकै कठिनाइ आएको जुद्ध बारुणयन्त्र भक्तपुरको ७६ औँ स्थापना दिवसका सहभागीहरुले बताएका छन् ।

भक्तपुर काठमाडौँ, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुर दमकलले यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख विजय धौभडेलले बताए ।

उनले भने, “जुद्ध बारुणयन्त्र जति बूढो भयो दमकल पनि त्यति नै बूढो भएर थन्किएका छन्, तीन वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा जीर्ण दमकल र पुरानो एउटा ट््याङ्करले सेवा धान्दै आएको छ । त्यसमध्ये पनि सिद्धी स्मृतिले दिएको दमकल बेला–बेलामा बिग्रिरहने र अहिले पनि बिग्रिएर मर्मत गर्न लागेको बताउँदै उनले दमकल र जनशक्ति अभावले थप समस्या परेको उहाँको भनाइ छ ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कार्यालयका कर्मचारी फायरम्यान उमेश ढकाल, मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योलालाई जनही नगद रु तीन हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरे । प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement