आईएफए ट्रेड शोमा ह्वावेका उत्पादन सार्वजनिक

Advertisement

काठमाडौं । ह्वावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेस व्यापार शो आईएफएमा आफ्ना नयाँ उत्पादन र प्रविधि सार्वजनिक गरेको छ। ६ सेप्टेम्बरदेखि शुरू भएको उक्त आईएफ व्यापार शो ११ सेप्टेम्बरसम्म चल्नेछ कम्पनीले जानकारी दिएको छ।

उक्त ट्रेड शो मा सार्वजनिक गरिएका ह्वावेका धेरै उत्पादनहरूमध्ये प्रविधि क्षेत्रकै बिल्ट–इन फाइभ जी मोडेलजडित किरिन ९९० युक्त पहिलो र अल इन वान फ्ल्याशीप एसओसी पनि रहेको छ।

आईएफएमा “रिथिन्क इभोलुशन“ शीर्षकमा किनोट स्पीच दिँदै ह्वावे टेक्नोलोजिज कन्ज्युमर बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू ले पछिल्लो फ्ल्याग्सीप किरिन ९९० सिरिजअन्तर्गतको किरिन ९९० तथा त्यसको फाइभ जी भर्सन सार्वजनिक गरे।

किरिन ९९० सिरिज जडित ह्वावे मेट सिरिज यही सेप्टेम्बर महिनामा सार्वजनिक हुँदैछ। योसँगै स्मार्टफोन प्रयोगको कार्यक्षमता र फाइभजी अनुभव एउटा नयाँ उचाइँमा पुग्नेछ।

Advertisement

Advertisement

Advertisement