कहिले दशैंतिहार आउला र एलजीका सामान किनौंला भन्ने चलन नै भइसक्योः भण्डारी

Advertisement

विश्वस्तरमा परिचित कोरियाको अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजीका सामानहरु नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । नेपालमा चौधरी समूहले यस ब्राण्डका सामानहरु बिक्री गर्दै आएको छ । एलजीले विशेषगरी सामान बिक्री बढि हुने दशैंतिहारको समयलाई लक्षित गरेर विशेष छुट र उपहारसहितको योजनाहरु ल्याउने पनि गर्दछ । यसै सन्दर्भमा एलजीका नेशनल सेल्स हेड पुरुषोत्तम भण्डारीसँग गरिएको छोटो कुराकानी प्रस्तुत छः

चाडपर्व आयो । के छ एलजीको योजना ?
अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि एलजीले दशैंतिहारमा बिक्रीलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्किम (योजना) ल्याएको छ । यतिबेला एलजीले के ल्याउँछ ? भनेर हाम्रा उपभोक्ताहरु पनि कुरेर बस्ने र यही बेलामा किन्ने चलन छ । यो समय भनेको कुल बार्षिक विजनेशको करिव ३५ प्रतिशत योगदान गर्ने समय भएकाले पनि हामीले स्किमलाई बढि महत्व दिएका हुन्छौं । त्यो कारणले प्राडक्ट क्याटागोरीमा एकदमै फोकस गरेर कन्जुमर स्किम लगाइरहेका छौं हामीले ।

कुन प्रोडक्टमा कस्तो स्किम लगाउनुभएको छ ?
यो समयमा बढि बिक्री हुने भनेको एलइडी टिभी हो । अल्ट्रा एलइडी टिभीहरुमा हामीले सहुलियत मूल्य दिइरहेका छौं । पहिलाको भन्दा झण्डै ३०–४० प्रतिशत नै सस्तो हुने हिसावले अफर दिएका छौं । अर्को हाम्रो मुख्य प्रोडक्ट भनेको वासिङ मेशिन हो । यसमा हामीले विशेष अफर प्राइज र हात खाली नजाने अफर दिइरहेका छौं । जस्तो फ्रन्टलोडिङ वासिङ मेशिन खरिद गर्ने ग्राहकले पिजनको गिफ्टसेट पाइरहेको छ । अर्को भनेको रेफ्रिजिरेटरमा हामी सिंगल डोरमा विशेष मूल्यमा खेलेका छौं । उपभोक्तालाई राम्रो मूल्य दिएका छौं । डबल डोरमा चाहीं हामीले घरमा जानेबित्तिकै तत्कालै प्रयोग गर्न मिल्ने प्रोडक्टहरु दिएका छौं । जस्तोः पिजन ब्राण्डकै ग्यास स्टोभ । साइड बाइ साइडमा चाहीं माइक्रोवेभ ओभन दिइरहेका छौं । त्यसकारण एलजीका हरेक प्रोडक्टमा विशेष मूल्य र हात खाली नजिने अफर छ ।

मूल्यका हिसावले एलजी र अरु ब्राण्डका प्रोडक्टको फरक कस्तो छ ?
एलजी भनेको ब्राण्डेड प्रोडक्ट हो । ब्राण्डेड लेवलमा मात्रै प्रतिस्पर्धा हुन्छ । एलजीका प्रोडक्ट र फिचरअनुसार मूल्य बढि छैन् । मध्यम वर्गीय उपभोक्ताले खरिद गर्नसक्ने मूल्य छ । यसप्रति उपभोक्ताको विश्वास पनि छ । लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्ड भएकाले पनि विश्वास बढि भएको हो ।

एलजीको बिक्री सञ्जाल कस्तो छ ?
देशका विभिन्न ठाउँमा सिजीको आफ्नै १७ वटा शोरुम छ । त्योबाहेक ३५० वटा भन्दा बढि डिलरहरुबाट एलजीका सामानहरु बिक्री हुन्छ । काठमाडौंमा बढी आफ्नै शोरुम छ भने बाहिर डिलर नेटवर्क छ । यो संख्याहरु थपिँदै पनि गएकाले उपभोक्तालाई एलजीका सामान किन्न असुविधा छैन् । इटहरीमा शोरुम खोलिसक्यौं । विराटनगरमा खोल्ने योजनामा छौं । ५२ ठाउँमा त एलजीको एक्सक्लुसिभ शोरुम मात्रै छ । डिलरहरुबाट पनि सहज र सुपथ मूल्यमा हाम्रो सामानहरु पाउन सकिन्छ ।

तपाईंहरुको धेरै बिक्री हुने भनेको एलजीको टिभी हो भनेर भनिसक्नुभयो । टिभीमा नयाँ नयाँ प्रविधि, नयाँ नयाँ विशेषताहरु आइरहेको छ । एलजीका टिभीमाहरुमा के छ ?
हो । नयाँ टेक्नोलोजी आउने क्रम जारी छ । एलजी आफ्ना हरेक उत्पादनलाई नयाँ प्रविधिबाट परिश्कृत गर्दै बजारमा ल्याउन सबैभन्दा अगाडि पनि छ । भर्खरै नेपालमा ओलेड टिभी पनि भित्रिएको छ । भर्खरै लन्च भएको यो टिभी कस्तो हो ? भने यसले उपभोक्ताको जीवनलाई सहजीकरण गर्ने । टिभी मात्रै होइन्, एलजीका हरेक उत्पादनले उपभोक्ताको जीवनलाई कसरी सहज गर्ने ? भन्ने विशेषता लिएको हुन्छ । टिभी, फ्रिज, वासिङ मेशिन हरेक चिज वाईफाईबाट कनेक्ट भएर काम गरिरहेको हुन्छ । तपाईंको घरमा एलजीको नयाँ टिभी किनेको छ भने अब म्याजिक रिमोटबाट मुखले बोलेको आधारमा आफूले चाहेको च्यानल हेर्न सकिन्छ । गुगल गर्न सकिन्छ । त्यस्तै वासिङ मेशिनमा अफिसमा बसेर घरमा लुगा धुन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement