ठेक्का लगाउने प्रचण्डकी बुहारी, पाउने घरबेटी अधिकारी

Advertisement

काठमाडौं । नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीले मेलम्चीको ठेक्का पाएका छन् । प्रचण्डकी बुहारी बिना मगरले सम्हालेको खानेपानी मन्त्रालय अन्तर्गतको आयोजनाले लगाएको ठेक्का प्रचण्डका घरेबटी शारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले हात पारेको हो ।

सैलुङले भारतीय कम्पनी सिआइपीएलसँग मिलेर १ अर्ब ४२ करोडको ठेक्का लिएको हो । काठमाडौं उपयत्यका खानेपानी लिमिटेडद्धारा सञ्चालित आयोजना कार्यान्वयन निर्देशनालयको ठेक्का प्रचण्डका घरबेटीले लिएका हुन् । लागत इस्टिमेट भन्दा ५० करोड रुपैंया कम कबोल गरेर उनले ठेक्का हात पारेका हुन् ।

अधिकारीको कम्पनीले १०५ किलोमिटर पाइप बिछ्याउने र हेभरहेड ट्यांकी बनाउने कामको जिम्मा लिएको हो । एक दर्जन भन्दा बढी सडक आयोजनाको ठेक्का लिएर अलपत्र पारेका अधिकारीको कम्पनीले पुनः नयाँ ठेक्का लिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल थप विवादमा तानिएका छन् ।

Advertisement

Advertisement

Advertisement