सबै सैनिक अधिकृतहरुलाई भदौभित्रै सम्पत्ति विवरण बुझाउन सैनिक मुख्यालयको निर्देशन

Advertisement

काठमाडौं । प्रधानसेनापतिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको भोलिपल्ट सैनिक मुख्यालयले सबै सैनिक अधिकृतहरुलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । मुख्यालय आफ्नो सम्पत्ति विवरण अद्यावधिक गर्न भन्दै सबै अधिकृतहरुलाई सम्पत्ति विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार एक बर्षे कार्यकालको अवसरमा सम्पत्ति विवरण सार्वजनिक गर्नुका साथै कार्यक्रम आयोजना गरेर सेनाभित्रको भ्रष्टाचारको पनि छानविन गर्ने बताएका थिए । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार सबै सैनिक अधिकृतहरुलाई भदौं मसान्तभित्र सम्पत्ति विवरण अद्यावधिक गर्न भनिएको छ । त्यसरी बुझाएको विवरण नेपाली सेनाको वेबसाइटमा राखिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement