संसदीय समितिको सरकारलाई निर्देशनः सुपथ मूल्य पसलमा माछा, मासु पनि राख्नु

Advertisement

काठमाडौं । संसदीय समितिले चाडपर्वहरुका अवसरमा सञ्चालन गरिएका सुपथ मूल्य पसलहरुमा माछा र मासु समेत राख्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपथ मूल्य पसल देशभर स्थापना गर्न र त्यस्ता पसलहरुमा माछा र मासु समेत राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृहमन्त्री राम बहादुर थापा, बाणिज्य सचिव बैकुण्ठ अर्याल, भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायत उपस्थित बैठकले फलफुल तथा तरकारीको विषादी परिक्षण गरेर मात्रै बिक्रि गर्ने व्यवस्था मिलाउन, चीनीको मूल्य नियन्त्रण गर्न पनि निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement