फिरौती प्रकरणमा पक्राउ परे गृहमन्त्रीकै सहोदर भाई

Advertisement

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाका सहोदर भाई फिरौती प्रकरणमा पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)ले गृहमन्त्रीका साइला भाई नरेश थापा मगरलाई एक हप्ता अघि नै पक्राउ गरेको हो ।

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद कुमार गौचनको हत्या आरोपमा जेलमा रहेका गुण्डा नाइके समिरमान बस्नेतसँग मिलेर फिरौती उठाएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको हो । |

बस्नेतले जेलभित्रैबाट निर्माण व्यवसायीसँग फिरौती मागिरहेको र त्यसमा गृहमन्त्रीका भाई थापाले सघाएको आरोप प्रहरीले लगाएको छ ।
थापा र बस्नेत तथा बस्नेतका फिरौती संकलकहरुका बीचमा नियमित सम्पर्क देखिएको प्रहरीको निष्कर्ष छ ।

थापाले बस्नेतका फिरौती संकलक पवन खड्का र सुरेन नगरकोटीबीच मिलेर काम गर्नुपर्छ भन्ने आसयका सन्देश समेत आदान प्रदान भएको प्रमाण प्रहरीले फेला पारेको छ ।-कान्तिपुर दैनिकबाट

Advertisement

Advertisement

Advertisement