मनिग्रामको बजार प्रवद्र्धन योजनाका विजयीहरु पुरस्कृत, दशैं–तिहार लक्षित नयाँ योजना घोषणा

Advertisement

काठमाडैं । विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले बिहीबार नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवद्र्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ । यसका साथै मनिग्रामले २०७६ सालको दशैं–तिहार को उपलक्षमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ ।

मे देखी जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो ।

‘हामीहरु नेपालीहरुलाई देशभरी र देशबाहिर रहेका उनीहरुका प्रियजनहरुलाई रकम पठाउन सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्न सकेकोमा गौरवान्वित महसुस गर्दछौं,’ मनिग्रामका भारतीय उपमहाद्धीप, ईण्डो चाईना र मलेसीयाका लागी क्षेत्रीय प्रमुख शेसा गिरी (शुकेस) मालियाहले भने। ‘यसअघि सञ्चालन गरिएको प्रवद्र्धन योजनाका २४ जना विजयीहरुले उहाँहरुले प्राप्त गरेको रकमको दोब्बर पुरस्कारबापत पाएकोमा म हर्षीत छु । यो प्रवद्र्धनलाई अझ अगाडी बढाउँदै दशैं–तिहार पर्व अवधीभर सबैजनासंग मनाउन हामीहरु क्रियाशील हुनेछौं ।’

सेप्टेम्बर १ (भाद्र १५) देखी आरम्भ भएको मनिग्रामको नयाँ योजना नोभेम्बर ३० (मङ्सीर १४) सम्म सञ्चालन हुनेछ । यसअन्र्तगत, मनिग्राममार्फत रकम भुक्तानी पाउने सबैजना भाग्यशाली ‘ड्र’ मा सहभागीभई आफूले पाएको रकमको दोब्बर बढी रकम जित्न सकिनेछ ।

‘हामीहरुले यो योजना यसअघि पनि सञ्चालन गरिसकेका छौं र यो कार्यक्रमले सँधै धेरै उत्साह जगाउँछ,’ मनिग्रामकी एसिया प्यासिफिक, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रीय मार्केटिङ प्रमुख सब्रीना चानले भने । ‘प्रत्येक हप्ता हामीहरु भाग्यशाली ‘ड्र’ मार्फत नयाँ विजेता घोाषणा गर्छौं र उहाँहरु यसबाट अत्यन्त खुसी भएको देख्दा तँपाईहरु पनि आनन्दित हुनुहुनेछ ।’

मनिग्राम मनिट्रान्सफर तथा भुक्तानी सेवाहरुकालागी विश्वकै एक अग्रिणी सेवाप्रदायक हो जसले २०० भन्दा बढी देशमा मानिसहरुलाई उनीहरुका आफन्तजन तथा साथीभाईलाई दैनिक आवश्यकता परिपुर्ती गर्नका लागी सुरक्षित तवरले, कम खर्चमा एवं विश्वसनिय ढंङ्गले रकम पठाउन सहयोग गर्दछ ।

मनिग्रामको एक अनुपम प्लाटफर्म हो जसले डिजीटल र भौतिक नेटवर्क, विश्वव्यापी फाईनान्सियल सेटलमेण्ट ईञ्जिन, ईण्टिग्रेटेड एपीआएससहितको क्लाउडमा आधारीत पुर्वाधारबाट सेवा प्रदान गर्दछ र आफ्ना ग्राकहको सुरक्षका लागी मनिट्रान्सफर तथा भुक्तानी सेवा क्षेत्रमा विश्वकै अग्रिणी कम्प्लायन्स कार्यक्रमको प्रयोग गर्दछ ।

Advertisement

Advertisement

Advertisement