'बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सर्फमेशन' विषयक सम्मेलन सम्पन्न

Advertisement

काठमाडौं । महासंघ र द टाइमस् ग्रुपको साझेदार बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सर्फमेशन विषयक एक दिने सम्मेलन सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संघ–संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल ट्रान्सर्फमेशनकोे महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलन समुद्घाटन समारोहलाई संवोधन गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले डिटिल ट्रान्सर्फमेसनको महत्व दिनानुदिन बढ्दै गएको बताउंदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पारे । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल ट्रान्सर्फमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बासकोटाले विश्व व्यापिकरणको रुपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल ट्रान्सर्फमेसनमार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराए ।

सो अवसरमा महासंघका अध्यक्ष्ँ भवानी राणाले किनोट स्पीकरको रुपमा आफ्ना विचार व्यक्त गरे । आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्सर्फमेसन गर्न निति÷नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरि सरकार एवं निजी क्षेत्र सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिए । संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक, आर्थिक सा“स्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिए ।

सम्मेलनको अर्को सत्र डिजिटल नेपाल भिया डिजिटल ट्रान्सर्फमेसन विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरे । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एनएमबि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए । सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल भयो ।

कार्यक्रममा सूचना प्रविधि संग सम्बन्धित सरकारी निकायका अधिकृतहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement