निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा पोखरामा चारजना पक्राउ

Advertisement

कास्की । पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, ५० वर्षीय वासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनसहित प्रहरीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कर्टिङ गर्दै अपहरण गरेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

Advertisement

Advertisement

Advertisement