स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सञ्चालक समितको अधिकार खोसियो, अब साधारण सभाबाटै

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सञ्चालक समितिको अधिकार कटौती हुने भएको छ । अब स्वतन्त्र सञ्चालकहरु पनि साधारण सभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था अघि सारिएको हो ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधनका क्रममा स्वतन्त्र सञ्चालकहरु पनि साधारण सभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले सञ्चालक समिति मार्फत स्वतन्त्र सञ्चालक नियुक्त गरेर साधारण सभामा जानकारी मात्रै दिए पुग्ने थियो ।

अब भने त्यस्ता स्वतन्त्र सञ्चालकहरु समेत साधारण सभाबाटै चयन हुनेछन् । ठुला लगानीकर्ताले आफु अनुकुलका व्यक्तिहरुलार्य स्वतन्त्र सञ्चालक नियुक्त गरेर बैंकलाई आफु खुसी चलाउने प्रयास गरेको आरोप लागेपछि साधारण सभाबाटै नियुक्ती हुने प्रक्रिया प्रस्ताव गरिएको हो । संसदले पास गरेमा स्वतन्त्र सञ्चालक पनि साधारण सभाबाटै नियुक्त हुनेछन । बैंक सञ्चालक समितमा एक जना स्वतन्त्र सञ्चालक पनि रहने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement