एनसीसीआइको कायरो भ्रमण टोली स्वदेश फर्किए

Advertisement

काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् ।

उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर ' दि बिग फाइभ 'को अवलोकन गरी विभिन्न कम्पनीहरुसँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्किएका हुन् ।

सोही अवसरमा इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरि सेप्टेम्बर ०३।२०१९ मा त्यहाँस्थित फिडरेसन अफ इजिप्सिएन चेम्बर अफ कमर्स(एफइडिसिओ) र कायरो चेम्बर अफ कमर्सका सिइओ डा।आलद इज, चेम्बरका महासचिव, नेपाली राजदुत भविन्द्रप्रसाद अर्याल तथा कायरो इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ टेड एण्ड इन्डष्टिजकी एमएस लोबना इसाम हसमलगायतको उपस्थितिमा एनइसिसिआइका अध्यक्ष तथा टोली नेता अखिलकुमार चापागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यहाँ उपस्थित इजिप्सिएनहरुलाई नेपालमा वैदेशिक लगानी, वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा छलफल भएको हो । भ्रमण टोलीमा चापागाइँ लगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement