राम्रो क्वालिटी र सस्तो मूल्यका कारण सिजीका इलेक्ट्रोनिक्स सामान यति धेरै लोकप्रिय भएका हुन्ः ज्ञवाली

Advertisement

चौधरी समूहले आफैले उत्पादन गर्दै बिक्री गर्दै आएको नेपालको सिजी लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड हो । सिजीका टेलिभिजनदेखि रेफ्रिजिरेटर, वासिङ मेशिनलगायतका उत्पादनहरु बजारमा बिक्री हुँदै आएको छ । दशैंतिहारमा यस्ता उत्पादनहरुको माग पनि बढ्ने र कम्पनीले बढिभन्दा बढि बिक्री गर्नलाई विशेष छुट र उपहारसहितको योजना पनि ल्याउने चलन छ । यसै सन्दर्भमा सिजीका नेशनल सेल्स हेड बिष्णु ज्ञवालीसँग गरिएको छोटो कुराकानी प्रस्तुत छः

सिजी नेपालको परिचित इलेक्ट्रोनिक्स ब्राण्ड हो । के विशेषताले पपुलर भएको हो सिजी ?
यसको विशेषता भन्दा खेरी मुख्य कुरा त सिजी ब्राण्डले कहिले पनि क्वालिटीमा सम्झौता गर्दैन । राम्रो क्वालिटीमा र सस्तो मूल्यमा बजारमा दिराछौँ । नेपालमा सिजी धेरै लोकप्रिय हुनुको खास कारण त्यो हो । तपाईंले यसमा अन्तर्राष्ट्रियस्तरको क्वालिटी पाउनु हुन्छ । मूल्य चाहीं राष्ट्रियस्तरको पाउनुहुन्छ । त्यसपछि हाम्रो सशक्त डिलर नेटवर्क छ । सायद मलाई लाग्छ नेपालमा सबैभन्दा ठूलो बिक्री सञ्जाल पनि सिजी कै छ । त्यसमाथि चौधरी ग्रुपको ब्याकअप छँँदैछ । जसका कारण सिजीमा इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा २० प्रतिशत बजार हिस्सा ओगट्न सफल भइसकेको छ ।

कन्जुमर इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा नयाँ नयाँ प्रविधिको विकास तीब्ररुपमा भइरहेको छ । सिजीको कस्तो छ ?
विश्व इलेक्ट्रोनिक बजारमा जुन हिसाबले प्रविधिको विकास भइरहेको छ, सिजी पनि पनि सँगसँगै गइराखेको छ । नेपाली कम्पनी भएर प्रविधिमा सँगसँगै जाने नेपाली ब्राण्ड सायद हामी मात्रै होला । टेलिभिजनमा हेर्नुहुन्छ भने हामी सिआरटीदेखि सुरु गरेर अहिले फोरके प्रविधि पनि सिजीमा आइसकेको छ । रेफ्रिजेरेटरमा पनि डबल डोरमा साइड बाई साइड मल्टिडोर प्रविधि आईसकेको छ । प्रविधिका हिसावले लोलेवलदेखि हाइलेवलको प्रोडक्ट छ हामीसँग । वासिङ मेसिनमा पनि फ्रन्ट लोडिङ नयाँ प्रविधि हो । इन्भर्टर एली पनि नयाँ प्रविधि हो ।

दशैंतिहार नजिकिँदै छ । तपाईंहरुको चाडपर्वलक्षित योजना के छ ?
अब त चाडपर्वमा ट्रेन्ड नै भइक्यो नेपालको बजारमा इस्किम ल्याउन्पर्ने । त्यसलाई धान्नको लागि स्किम नदिई हुँदैन जस्तो लाग्छ । सामान किन्ने मानिसलाई स्किम लागेपछि किन्ने भनेर कुर्ने भन्ने कमै हुन्छ । तर पनि चाडपर्वमा केही न केही छुट तथा उपहारको योजना आउँछ भनेर जनमानसमा परिसकेको छ । एउटा ब्राण्डले दिएन, अर्कोले दियो भने उसको बजारमा हल्ला बढि हुन्छ । त्यही हिसावमा हामीले टेलिभिजनमा एउटा त क्यासब्याक अफर राखेका छौं । तपाईंले २९ प्रतिशतसम्म छुट पाउनुहुन्छ कुनै मोडलमा । कुनै मोडलमा हामीले स्योरसर्ट गिफ्ट राखेका छौं । ४९ इन्चभन्दा माथिको टिभीमा हामी स्योरसर्ट उपहार दिन्छौं । त्योभन्दा तलको क्यासब्याक । सबैभन्दा बढि बिक्री हुनेमा ३२ इन्चको टिभी रहेको छ । त्यस्तै सिंगल डोर रेफ्रिजिरेटरमा २३ प्रतिशतसम्म क्यासब्याक दिएका छौं भने डबल डोर रेफ्रिजिरेटरमा पिजन ब्राण्डको प्रेसर कुकर उपहार दिएका छौं । साइड बाई साइड र मल्टिडोर रेफ्रिजिरेटरमा स्पिकर दिएका छौं । त्यस्तै,फ्रन्ट लोडिङ वासिङमा मिक्चर ग्राण्डर दिएका छौं भने सेमिअटोमेटिकमा आइरन । त्यस्तै ट्रली स्पिकरहरुमा पेनड्राइभ उपहार छ । एसी फिटिङ गर्दा अहिले पैसा लाग्दैन् । डिफ्रिजमा हामीले एप्रोन दिएका छौं । किनभने यो प्रायः माशुपसलहरुमा बढि जान्छ ।

दशैंतिहार भनेको धेरै सामान बिक्री हुने समय पनि हो । यो समयमा कुल बार्षिक बिक्रीको कति प्रतिशत बिक्री हुन्छ ?
यति नै हुन्छ भन्ने ठ्याक्कै छैन् । हाम्रो चाहीं मासिक लक्ष्य हुन्छ । दशैंको महिना असोजमा १५ प्रतिशत बिक्री गर्ने लक्ष्य छ फेष्टिवलले गर्दाखेरी । अरु महिनामा पाँच–सात प्रतिशत हुन्छ ।

वारेन्टी सुविधा चाहीं के कस्तो छ नि ?
वारेन्टीको कुरामा टेलिभिजनमा हामीले तीन बर्षको दिएका छौं । रेफ्रिजिरेटर साइड बाई साइड र मल्टी डोरमा १० बर्ष अरुमा पाँच बर्ष छ । वासिङ मेशिन फ्रन्ट लोडिङमा १० बर्ष, अरुमा एक बर्ष छ । एसीमा तीन बर्ष छ ।

बिक्रीपछिको सेवा कत्तिको सहज छ सिजीको ?
यसको लागि देशभर ४० वटा सर्भिस सेन्टर छ । त्यसको कन्ट्रोल हामी काठमाडौं अफिसबाटै गछौं । त्यसको लागि बागडोलमा अफिस पनि राखेका छौं । त्यसमा हामीले १६६००१००२११ नम्बरको टोलफ्री नम्बर राखेका छौं । त्यसमा नेपाल भरबाट कल गर्ने सकिन्छ । कल गरेर के सामान किनेको थियो ? त्यसको विवरण दिन सकिन्छ । त्यसपछि हामीले सम्वन्धित ठाउँको प्राविविधकलाई फोन वा इमेल गर्छौँ । उसले आफनो कस्टोमरलाई कुरा गर्छ । जस्तो महेन्द्रनगरको कस्टोमरले हामीलाई कल गर्नुभयो भने हामी सम्वन्धित ठाउँमा कल फरवाड गछौँ । त्यसरी कुरा गरेपछि समस्या के भएको हो ? प्राविधिकले समस्या समाधान गरिदिने प्रणाली बनाएका छौं ।

विशेषगरी कामका लागि बाहिर गएकाहरुले आउँदा टिभी लिएर आउने निकै चलन छ । यसले स्वदेशी उत्पादनहरुलाई कत्तिको असर गरेको छ ?
निकै नै गरेको छ । हामीलाई मात्रै होइन्, राज्यलाई पनि गरेको छ । उपभोक्तालाई पनि गरेको छ । राज्यलाई बर्षेनी करोडौं रुपियाँको राजश्व गुमेको छ । सरकारले ३२ इन्चसम्मको टिभीलाई कर नै नलिई आउने दिएको अवस्था छ । यसले मोटा मोटी रुपमा स्वदेशी मार्केटलाई ३० देखि ३३ प्रतिशतसम्मको असर परेको छ । सरकारलाई यसलाई कठाई गर्नुपर्छ भन्ने हाम्रो पनि भनाई हो ।

 

Advertisement

Advertisement

Advertisement