काठमाडौं । एमभी दुगड ग्रुप नेपालले 'पियाजियो एपे सिटि डिलक्स' नेपालमा सार्वजनिक गरेको छ । १३७ बर्ष भन्दा लामो सफल तथा ऐतिहासिक व्यवसायीक इतिहास बोकेको यस कम्पनीले नेपालको वित्तिय, बिमा, मोटर, ट्रेडीङ्ग तथा हाईड्रोपावर जस्ता बिभिन्न क्षेत्रमा लगानी गरी राष्ट्रमा बृहत आर्थिक सबलीकरण तथा रोजगारीको श्रृजना गर्न सफल हुदै समग्र देश विकासमा समर्पित रहेको कम्पनीको दाबी छ ।
यसै बिच बिरगञ्जमा एक भव्य समारोहबीच पियाजियो थ्रि ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सिटि डिलक्सको उद्धघाटन सम्पन्न गरेको छ, उक्त नयाँ पे सिटि डिलक्सका विशेषताहरुः नयाँ ईन्जिन, पहिले भन्दाअधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि, आरामदायी साथै स्पेसियस रयसको आकर्षक लुक्स हून् ।
उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाद्धक्ष शूधान्सु अगर्वाल, एक्सर्पोट मेनेजर दिपककुमार, पियाजियोका हेड अफ अपरेशन विजय महतो र दुगड़ ब्रदर्स एण्ड सन्स्का जनरल मेनेजर वेद प्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो । सोहि दिनमा आफ्ना १०० भन्दा बढि ग्राहकहरुलाई पियाजियो एपे सिटि डिलक्सको सफल डेलिभरि समेत गरिएको छ ।
नेपालका बिभिन्न स्थानमा यात्रु ओसार पोसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीन पाँग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पँुजी लगानीबाटै संचालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधार यसको आरामदायि प्रभावकारी सरल यात्राका लागि पियाजियो थ्रि ह्विलर्स अति लोकप्रिय बन्दै गएको कम्पनीको भनाई छ ।