माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

Advertisement

कर्णाली । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेका छन् ।

विभिन्न १० राजनीतिक दलले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ७० अर्बमा पूरा हुने परियोजना लागत खर्च दोब्बरभन्दा बढी बढाएर रु एक खर्ब ६४ अर्ब पुयाएकोमा आपत्ति जनाएका छन् । भारतको जीएमआर कम्पनीसँग नेपाल सरकारले सो सम्झौता गरेको छ । बङ्गलादेशसम्म विद्युत् पुयाई बिक्री गर्ने चाँजो मिलाउन कम्पनीलाई अघि सारेर म्याद थप्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसको हामी घोर भत्र्सना गर्दछौँ, गजुरेलले भने ।

उनले सो कम्पनीले १२ वर्षको बीचमा पनि परियोजना पूरा गर्नेतर्फ काम कारवाही अगाडि नबढाएको भन्दै उनले सो कम्पनीले काम पनि नगर्ने तर नवीकरण गर्न खोज्नेप्रति आशङ्का व्यक्त गरेका छन् ।

यो परियोजनाबाट चार हजार १८० मेगावाट बिजुली निकाल्न सकिने र उत्पादित पानीबाट  १५ लाख हेक्टर जमीनको सिँचाइ हुनसक्ने बताइएको छ । कर्णाली बचाऊ राष्ट्रिय अभियानका अध्यक्ष जगत् रेग्मीले कानूनीरूपमा खारेज भइसकेको सो कम्पनीको सम्झौता नवीकरण गरे।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पासाङ मोक्तान र जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले नेकपा मालेका स्थायी समिति सदस्य दीनानाथ घिमिरे पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कर्णाली परियोजनाका विविधपक्ष माथि

Advertisement

Advertisement

Advertisement