टाटा एच फाइभ विराटनगरमा सार्वजनिक

Advertisement

विराटनगर । सिप्रदी ट्रेडिङले विराटनगरमा टाटा एच फाइभ सार्वजनिक गरेको छ । गोएल मोटर्स मार्फत टाटा एच फाइभ सार्वजनिक गरेको सिप्रदी ट्रेडिङ  नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक हो ।

भारतीय बजारमा टाटा ह्यारियरको नामले चिनिने प्रिमियम एसयूभी टाटा एच फाइभको सुरुवाती मूल्य नेपाली बजारमा ५६ लाख ५५ हजार रुपियाँ तोकिएको छ । केही दिनअघि टाटा एच फाइभको बुकिङ खुला गरिएपछि यसबारे बुझ्न सम्भावित खरिदकर्ताहरूले सोधपूछ गरिरहेको कम्पनीले जनाएको छ । टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने कम्पनीको विश्वास छ ।

आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन गर्न सक्ने टाटा एचफाइभलाई नेपाली एसयूभी पारखीहरूले मन पराउनेमा कम्पनी विश्वस्त रहेको छ ।

टाटा एच फाइभ ल्यान्डरोभरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टरस्टप, सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टि फङशन स्टियरिङ,उचाइ घटबढ गर्न मिल्ने ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोलजस्ता विशेषताहरू रहेका छन्।

Advertisement

Advertisement

Advertisement