रमेशको बहुआयामिक प्रतिभाले झुपडीदेखि फाइभस्टारसम्म फैलँदै क्लासिक

Advertisement

काठमाडौं । भनिन्छ, दुई वटा डुङगामा खुट्टा राख्दा नदि तर्न सकिन्न । तर कोहि त्यस्ता व्यक्ति पनि छन् जो थुप्रै डुङगाहरुमा खुट्टा राखिरहेका छन् तर सबैमा सफल नतिजा । उनी हुन रमेश काफ्ले । जो पेशाले एक सफल कानुन व्यवसायी(वकिल), सफल व्यवस्थापक, उम्दा समाज सेवी र साहित्य सर्जक पनि हुन ।

एक जनाले यति धेरै काम कसरी गर्न सक्छ ? भन्ने प्रश्नमा उनी भन्छन–‘मान्छेमा असिमित क्षमता हुन्छ, उसले जीउने जीवन र सामाजिक परिवेशले उसका क्षमताहरुलाई सिमित बनाइदिन्छ, म आफ्नो पुरै उर्जा अधिकतम उपलब्धिका लागि खर्च गरिरहेको हुन्छु ।’ उनी कार्यालय समयमा क्लासिक इण्डष्ट्रीजको व्यवस्थापन हेर्छन । बिहान बेलुकीको समय वकालतका लागि डाइनामिक फर्ममा खर्चन्छन् । सार्वजनिक बिदाको समय समाज सेवाका लागि रोटरी क्लबलाई दिन्छन् । घुमघाममा देश विदेश दौडदा भने उनी साहित्य सृजनामा रम्छन् । कविता लेखनमा विशेष रुची भएका काफ्लेका रचनामा देश प्रेमका भाव धेरै देख्न पाइन्छ ।

जनप्रशासन र राजनीति शास्त्रमा दोहारो स्नातकोत्तर गरेका काफ्ले कानुनमा पनि स्नातक उपाधी हासिल गरेका छन् । क्लासिक इण्डष्ट्रीजलाई देशकै अग्रणी उद्योगका रुपमा स्थापीत गराउनु उनको मुल उदेश्य हो । यस अघि चौधरी ग्रुप, केडिया अर्गनाइजेशन, खेतान ग्रुप, मालिराम/ शिवकुमार ग्रुप(एमएस) लगायतमा काम गरिसकेका काफ्लेले आफ्नो करिअरमा कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन् ।

१५० जना नियमित कर्मचारी र देशभर रहेका ४५० वटा डिलरलाई उनले नेतृत्व गरिरहेका छन् । नयाँ उत्पादनका लागि बजार अनुसन्धान, उपभोक्ता मनोविज्ञान बुझ्नेदेखि कर्मचारीको मनोबल र लगानीकर्ताको हितलाई समेत एकै पटक डिल गरिरहेका छन् । कम्पनीले सन १९९० देखि करिस्मा क्लासिक कन्जुमर प्रोडक्टका रुपमा स्थापना भइ स्प्रिङ्ग मेट्रेसहरु उत्पादन शुरु गरेको थियो । शुरुवाति चरणमा काठमाण्डौं उपत्यकाका पर्यटकिय होटलहरुलाई लक्षित गरि उत्पादन थालेको कम्पनीले पछि आफनो उत्पादनको आधार र बजार समेत विस्तार गर्दै लगेको हो ।

कम्पनीले बि.स. २०६९ साल देखि क्लासिक इण्डष्ट्रिज प्रालिका रुपमा नयाँ नामबाट स्थापना भई अन्तराष्ट्रिय गुणस्तरको उत्पादन थालेको थियो । कम्पनीको बारा जिल्लाको सिमरामा अत्याधुनिक प्लान्टको स्थापना गरि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालका सबै प्रमुख शहरहरुमा उपलब्ध हुने गरि ७ वटै प्रदेशमा डिष्ट्रिब्यूटरहरु ४५० भन्दा बढि डिलरहरु मार्फत बिक्री वितरण हुंदै आएको छ ।


उत्पादनहरु गुणस्तरिय र अन्तराष्ट्रिय स्तरका भएकोले नेपालका धेरै फाइभ स्टार होटलहरुले प्रयोग गरिरहेका छन् । साथै नेपाली सेना, नेपाल प्रहरी लगायतका संस्थाहरुमा समेत प्रयोग भैरहेको र हाल मेट्रेस धनिका लागी मात्र हो भन्ने आम धारणलाइ अन्त्य गर्दै सम्पूर्णले प्रयोग गर्न सक्ने गरि उचित मुल्यमा स्वस्थकर र गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउंदै आएको काफ्ले बताउँछन् । 'हाम्रा उत्पादनहरु गरिबका झुपडीदेखि फाइभस्टार होटलसम्मका लागि फिट छन भन्ने प्रमाणि भैसकेको छ र त्यो यात्राको सारथी बन्न पाउँदा म आफुलाई भाग्यमानी ठान्दछु ।' काफ्लेले सुनाए ।

कम्पनीले अन्तिम उपभोक्ताहरुसम्मै पुगेर सुझाव संकलन गर्दै आफ्ना उत्पादनहरुलाइ परिमार्जन र परिष्कृत गर्दै आईरहेको काफ्लेले बताए । त्यसका लागि उनी आफैं समय समयमा उपभोक्ताको मनोविज्ञान बुझ्न जाने गर्छन् भने बिक्रेताहरुको भेला र अन्तरक्रियामा सहभागी हुन्छन् ।

बिक्रेतालाई प्रोत्साहन
कम्पनीले इटहरी, चितवन र पोखरामा डिलर भेला गरिसकेको र निकट भविष्यमा अन्य स्थानहरुमा गर्ने तैयारी गरिरहेको छ ।
कम्पनीले हरेक वर्ष आफ्ना उत्कृष्ट बिक्रेताहरुलाई बिभिन्न देशको भ्रमण गराउँछ । ने गरेको जस अनुसार थाइल्याण्ड, दुवइ, इण्डोनेसियाको बाली र युरोप पठाएको छ ।

वारेन्टी होइन ग्यारेन्टी
क्लासिक मेट्रेसहरुमा वारेन्टी होइन १० बर्ष सम्मको ग्यारेन्टी उपलब्ध छन् । त्यसका लागि लागि खरिदकर्ताले कम्पनीले जारी गरेको ग्यारेन्टी कार्ड र बिक्री बिल सुरक्षित राख्नु पर्ने हुन्छ । तत् पश्चात पनि न्यूनतम शुल्क लिएर मर्मत सुबिधा उपलब्ध छ । कम्पनीले महिला र पुरुषहरुका लागि समान ज्यालाको ग्यारेन्टी पनि गरेको छ । ‘महिला र पुरुष कामदारमा एकै कामका लागी समान परिश्रमिक दिदैं आएका छौं कुनै भेदभाव गर्दैनौं । महिलाहरुलाइ रोजगारीमा प्राथमिकता दिने गरेका छौं ।’, काफ्लेले भने ।

र आयात पनि
हाल क्वायर तथा स्प्रिङ्ग मेट्रेसहरु, बिभिन्न किसिमका सिरकहरु, तकियाहरु आदि उत्पादन गर्ने र अन्य उच्च कोटीका बेडरुम सामग्रीहरु यसको भगीनि कम्पनी (क्लासिक ट्रेडिङ्ग हाउस )मार्फत आयात गरि बिक्री गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement