अटेर गर्दै दुई हप्ता जापान घुमेर आउने निगमका निर्देशक पर्यटन मन्त्रीको ठाडो आदेशमा सरुवा

,   २८ भाद्र २०७६, शनिबार, ०२:५९ pm   
yogesh_ubaraj

काठमाडौं । दुई हप्तासम्म जापान घुमेर आउने निगमका एक निर्देशकलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ठाडो आदेशमा सुरुवा भएका छन् । सरुवा हुने अर्थविभाग प्रमुख युवराज अधिकारी हुन् ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेको विश्वासपात्रको रुपमा चिनिएका अधिकारीले कार्यालयको कामकारवाही नै प्रभावित हुनेगरी विना काममा दुई हप्तासम्म घुमेर बसेको थाहा पाएपछि मन्त्री भट्टराईले तत्कालै सुरुवा गर्न खरेललाई आदेश दिएका थिए । लामो समय जापान बसिरहँदा अफिसमा समस्या भएको बताउँदा पनि उनी अटेर गर्दै बसिरहेको कर्मचारीहरुको भनाई छ ।

खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरु उडाउन नसकेको र निगमलाई आर्थिकरुपमा सुधार गर्नुको सट्टा धन जरजर बनाउँदै लगेको भन्दै पछिल्लो समयमा निकै आलोचित बनिरहेको बेला उनकै विश्वासपात्र अधिकारी विना काममा दुई सातासम्म जापानमा मोजमस्ती गरी फर्किएको निगमका एक कर्मचारीको भनाई छ ।

aecc

अधिकारीलाई आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरिएको छ भने अर्थविभागमा उमेश पौडेललाई ल्याइएको छ । योग्य र क्षमतावान कर्मचारीको रुपमा चिनिएका उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन । अधिकारीले भने आफूलाई सरुवा गरिएको रिसमा हरेक विभागमा अनुगमनको नाममा आतंक सिर्जना गर्न थालेको निगमका कर्मचारीहरुको भनाई छ ।

अधिकारीले भने आफ्नो सरुवाको कारण सामान्य भएको बताए । उनले विदेश गएकाले आफूलाई सरुवा गरेको भनेर नभनिएको बताउँदै यसबारेमा थप आफूलाई थाहा नभएको बताए ।