नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ

Advertisement

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबा। भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भएका हुन् । कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए भने उमेशलालले १० मत पाए । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए ।

त्यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेजबहादुर गुरुङ (२०), अशोकराज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द वैद्य (२२) मतसहित विजयी भए । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले १५ मत ल्याए । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि बनाउँदै महासचिव पदमा निर्वाचित भए । लाखेले १२ मत ल्याए ।

सचिवमा रामजी श्रेष्ठ (१८), दीपकहर्ष बज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भए । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्वसदस्यसचिव केशकुमार विष्टले १७ मत ल्याएर पराजित भए ।

महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए । सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दरलाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दीर्गबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भए ।

सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएका थिए जसमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भए । उनले नौ मत प्राप्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement