पहिरोले सिन्धुपाल्चोकमा १० परिवार विस्थापित

Advertisement

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ चोकीडाँडाका १० परिवार पहिरो र नदी कटानले विस्थापित भएका छन् । स्थानीय २० घर पहिरोको उच्च जोखिममा परेका छन्।

माथिबाट खसेको पहिरो र तलबाट बगेको भोटेकोशी नदीको कटानले १० परिवार विस्थापित र २० परिवार जोखिममा परेका स्थानीय प्रशासनले जनाएको छ। पहिरोबाट बिस्थापितले उद्धारको माग गरेका छन् पहिरोसँगै खसेको ढुङ्गा घरमाथि अड्किएपछि सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवारले घर छोडेका छन्।

विस्थापित परिवार तातोपानीमा बस्न थालेका स्थानीय भीमबहादुर मगरले जानकारी दिएका छन्।

Advertisement

Advertisement

Advertisement