विदेशी विनिमय भुक्तानीमा वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्न राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इलोक्ट्रोनिक पेमेन्टि सिस्टम (नेप्स) लाई आफ्नो सञ्जालमा रहेका बैंकका कार्ड बाहकहरुलाई विदेशबाट वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्न निर्देशन दिएको छ ।

गत भदौ १८ गतेदेखि नेप्सको होस्टिङ र स्विचिङ सेवा अवरुद्ध रहेको छ । सोहि कारण राष्ट्र बैंकले सूचना जारी गर्दै नेप्सलाई सञ्जालमा रहेको बैंकहरुका सेवाग्राहीलाई पुनः सुचारु नहुदाँसम्म वैकल्पिक माध्यमबाट पैसा पठाउने व्यवस्था गर्न आग्रह गरेका हो ।

वैकल्पिक माध्यमको प्रयोगगरी विदेशबाट पैसा पठाउँदा भुक्तानी गरिएको कार्डको सीमा घटाउनु पर्ने र अतिरिक्त शुल्क नपाउने राष्ट्र बैंकले जनाएको छ । भारतका विप्रेषण प्रदायक कम्पनीका केन्द्रहरु मार्फत कार्डमा रहेको रकम भारतीय रुपियाँमा मात्र भुक्तानी हुनेछ ।

उक्त रकम कार्डवाहकको निवेदनलाई आधार मानेर सम्बन्धित व्यक्ति वा संस्थाको विदेशस्थित बैंकको खातामा रकमान्तर हुने छ । बैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा ७ दिन भित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

nrb-notice

Advertisement

Advertisement

Advertisement