विरगंजमा एनसिइसिको ग्राहक भेला सम्पन्न

Advertisement

विरगंज । नेपाल कन्स्ट्रक्सन एण्ड इण्जिनीयरीङ्ग कर्पोरेसन प्रालि (एनसिइसि) विगत ६३ वर्ष देखि नेपालका लागि विभिन्न अन्तराष्ट्रिय निर्माण र औधोगिक क्षेत्र सम्बन्धित उपकरणको वितरकको रुपमा कार्यरत छ ।

उक्त कम्पनीका सहायक कम्पनी एनसीइसी इण्डिस्ट्रियल सर्भिसेज (एनआईएस) अन्तरगत ब्राण्डहरु – एटलास कोप्को, बुहलर, इलेक्ट्रोमेक, चिमा बोइलर्स हुन् । एनआईएसले गत हप्ता आइतवार देखि शुक्रवार दिवा सम्म सर्भिस क्याम्प र शुक्रवार बेलुका विरगञ्जको विश्व होटलमा ग्राहक भेला सम्पन्न गरेको छ ।

एन.आई.एस मा कार्यरत सर्भिस म्यानेजर मेक गुरुङ्गको अगुवाइमा गरिएको यस सर्भिस क्याम्पमा एनआईएसले आफूले बिक्रि वितरण पछि मेसिनको जांच गरि मेसिनमा देखिएका समस्याको समधान गर्ने बताएका छन् ।

उक्त कार्यक्रममा एनआईएस का विजनेस हेड पंकज कुमार ठाकुर र सेग्मेन्ट मेनेजर दिपक कोजुले आफूले दिने सर्भिस र नयां अपडेटमा उपकरण आएको जानकारी गराउनु भएको थियो भने ठाकुरले आफ्ना ग्राहकहरुलाई बिक्रि पछि सर्भिसको लागि नियमित रुपमा ग्राहकसँग कम्पनी सम्पर्कमा रहनुका साथै ग्राहकहरुलाई सर्भिस आफूहरुले ४८ घण्टा भित्र सर्भिस उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सो कार्यत्रममा प्रदेश नं. २ बाट विभिन्न उद्योगमा कार्यरत कर्मचारी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा एनआईएसले यसै गरि प्रदेश नं. ५ मा सर्भिस क्याम्प र ग्राहक भेला गर्ने जानकारी समेत गराएको थियो ।

Advertisement

Advertisement

Advertisement