सेयरमा लगानी गर्न छोडेर पुस्तक पढी बस्ने मनस्थितीमा अम्बिका पौडेल, आखिर किन ?

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरममा पुर्व अध्यक्ष तथा सेयर बजारका चर्चित हस्ती अम्बिका प्रसाद पौडेलले सेयर बजारको पछिल्लो अवस्थाले कन्फ्युजनमा पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पौडेले ‘फिलिङ कन्फ्युज्ड’ भनेर लेखेका छन् ।

उनले साच्चै नयाँ नयाँ किताबहहरुको खोजी खोजी गरि पढ्ने दिन आएकै हो त ? ‘नेप्से १७.८७’, पौडेलले लेखेका छन् । पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरु हतोत्साहित भएको संकेत पौडेलको स्टाटसबाटै स्पष्ट हुन्छ । उनी हाथवे इन्भेष्टमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक समेत छन् ।


पौडेलको स्टाटसमा अर्का लगानीकर्ता दिलिप मुनाकर्मीले पनि थप प्रतिक्रिया जनाएका छन् । दिलिपले भनेका छन–‘किताबको सैद्धान्तिक ज्ञानले हुने भए त सबै शेयर टेक्निकल एनालिस्टसँग र सबै कम्पनीको मालिक पनि उनीहरू नै हुन्थे । किन शेयर हामीले होल्ड गरेर कम्पनी चलाईरहनु पथ्र्याे र ?’

पौडेलको स्टाटसमा कमेन्ट गर्ने अधिकांशले सेयर बजारमा लगानी गर्न छोडेर अध्ययनमा लागिपरेको बताएका छन् । बासुदेव गौतमले १४०० पृष्ठ लामो वार एण्ड पिस नामको पुस्तक पढ्न थालेका बताएका छन् । राजु शिवाकोटीले ६ महिना अघिदेखि नै लगानी गर्न छोडेर अध्ययनमा लागिपरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement