गभर्नरको चाहनामा संगठित हुँदै बाणिज्य बैंकका अध्यक्ष, एनएमबीका पवन गोल्यान अध्यक्ष !

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको चाहनामा बाणिज्य बैंकका अध्यक्षहरु संगठित हुने भएका छन् । गभर्नर डा. नेपालले बैंकर्स एसोसियन कर्मचारीहरुको संगठन भएकाले लगानीकर्ता(सञ्चालक)हरु पनि एकजुट हुनुपर्ने बताउँदै आएका थिए । उनले बैंकर्स संघलाई नै कर्मचारीको नभएर लगानीकर्ताहरुको संगठनका रुपमा अघि बढाउनु उपयुक्त हुने धारणा राख्दै आएका थिए ।

गभर्नरको धारणालाई क्यास गर्दै बाणिज्य बैंकका सञ्चालकहरुले चेयरम्यान एसोसियसन नामको संगठन खडा गरेका छन् । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा तदर्थ समिति गठन गर्न लागिएको हो । ‘बाणिज्य बैंक सञ्चालक समितिका अध्यक्षहरु संगठित हुने तयारी अन्तिम चरणमा पुगेको छ, नेतृत्वको विषयमा ठोस केहि भएको छैन्, साथीहरुले मलाई नेतृत्व गर्न आग्रह गरिरहनु भएको छ’, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले भने ।

सिइओहरुको मात्रै लबिङले नपुगेको निष्कर्षसहित संगठित हुने निर्णय गरेको पनि उनले बताए । ‘उद्योगी व्यवसायीले ब्याजदरका बारेमा आन्दोलन गरे, हामी हेरिरहन बाध्य भयौं, अब संगठित आवाज उठाउन एकिकृत भएका हौं’, गोल्यानले भने ।

Advertisement

Advertisement

Advertisement