माछापुच्छ्रे बैंकले पहिलो कारोबार शुरु गर्यो आरटीजीएसबाट, बिनाचेक २० करोड भुक्तानी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपियाँ भुक्तानी गरेर भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपियाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण पेश गरेका छन् ।

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपियाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ कारोबारमा सहजता ल्याउने उदेश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम प्रणाली कार्यन्वयनमा ल्याईएको हो ।

Advertisement

Advertisement

Advertisement