लक्ष्मी बैंक दुई अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारीमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले दुई अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने व्यवस्था छ ।

कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुले न्यूनतम पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। बैंकले ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक चयन गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement