सानिमा बैंक र युकेएडको सक्षमबीच सम्झौता

Advertisement

काठमाडौं । सानिमा बैंक र युकेएडको सक्षमबीच भदौ ३० गते कृषि कर्जा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यक संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसँगको सहकार्यमा परिचालन गरिनेछ ।

यस परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो, जुन नेपाल सरकार र यु।के। सरकारको सम्झौता अनुरुप यु।के। एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।

Advertisement

Advertisement

Advertisement