त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनस्र्थापना, मन्त्री भट्टराईले गरे अवलोकन

Advertisement

काठमाडौं । पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनस्र्थापना गरिएको छ । गजूर पुनस्र्थापनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गरेकागरेका गरेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।

सिंहदरबार,धरधरा र रानीपोखरीको अवलोकन

यसैबीच प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अपरान्ह सिंहदरबार धरहरा र रानीपोखरीको अवलोकन गरे। सिंहदरबारको उत्तर पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ । रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिएका छन् ।

Advertisement

Advertisement

Advertisement