गोदावरीमा अपराध नियन्त्रणका लागि सिसि क्यामेरा जडान गरिने

Advertisement

ललितपुर । गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो ।

क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । 'आउँदो मङ्सिर–पुसबाट गोदावरीको व्यस्त स्थानमा क्यामेरा जडानको काम शुरु गर्नेछौँ', उनले भने, 'नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काममा तीव्रता दिन लागेका हौँ ।' गोदावरीको सुरक्षा व्यवस्था चुस्तदुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने विश्वास उनको छ । गोदावरीमा सिसी क्यामेरा जडान गरेसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताए ।

 

 

Advertisement

Advertisement

Advertisement