आईआईएमएस कलेजले गर्यो दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना

Advertisement

काठमाडौं । आईआईएमएस कलेजले दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो ।

नेपाली टिपिकलखाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सिइओ सविन्द्र महर्जनले जानकारी दिए ।

फेस्टिभलमा सातवटै प्रदेशकाखानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो ।

फेस्टिभलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेलीनाच प्रस्तुत गरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजनागरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement