सिद्धार्थ बैंकका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको ३२३ औँ बैठकले गत वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश समेत गरेर २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । बैंकले नगद र बोनस गरी २ अर्ब २४ करोड ५२ लाख रुपियाँको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४९ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement