सिटी एक्सप्रेसले ल्यायो– ‘लखपति एक्सप्रेस २०७६– न यति न उति, सिधै लखपति’ योजना

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ्लाई लक्षित गर्दै ‘लखपति एक्सप्रेस २०७६– न यति न उति, सिधै लखपति’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना उपभोक्ताहरुसँग चाडपर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने उपहार योजना योजना घोषणा गरेको हो । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत दैनिक १० जनाले दुईसय रुपियाँको मोबाइल टप अप जित्न सक्नेछन् ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार रुपियाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख रुपियाँ उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख रुपियाँ जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुने उपहार योजना अवधिभरी सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।

Advertisement

Advertisement

Advertisement