अब फेसबुकमा ‘लाइक–रिएक्ट’ गन्न नपाइने, फिचर नै हट्दैछ

Advertisement

काठमाडौं । फेसबुक एउटा व्यापक प्रयोगमा आएको सामाजिमक संजाल हो । यसले दैनिक करोडौंको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा सेयर गरिन्छन् ।

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक–रिएक्ट’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो ‘लाइक–रिएक्ट’ बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

समाचार अनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन ।

फेसबुकका अनुसार प्रेस एन्ड होल्ड फिचर परिक्षणको चरणमा छ। निकट भविष्यमै यस फिचर फेसबुक प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन्। त्यसैगरी, फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड र जापानका प्रयोगकर्तामा गरिएको उक्त परीक्षणको नतिजाको बारेमा अहिलेसम्म केहि सार्वजनिक भएको छैन ।

 

Advertisement

Advertisement

Advertisement